९ महिना अघि गोक्यो तालमा डबेका शुनिलको शव रोबोटद्धारा निकालियो

९ महिना अघि गोक्यो तालमा डबेका शुनिलको शव रोबोटद्धारा निकालियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सोलुखुम्बुको गोक्यो तालमा डुवेर ९ महिना अगाडि बेपत्ता भएका बालकको शव निकालिएको छ ।
बालक शुनिल बराइलीको शव रोबर्टको सहायताबाट निकाल्न सफल भएको स्थानियले बताएका छन ।

अमेरिकादेखि ल्याएको प्रविधि जडान गरेर उद्धारकर्ताहरु निरन्तर रुपमा खटिएका थिए । चिसो र हावाको स्याँठको कुनै पर्वाह नगरी निरन्तर खोजी गरिरहेका खोजकर्ताहरुले बिहीबार उनको शव फेला पारेका हुन् ।

करिब ३५ फिट गहिराईमा पुगेर रोबर्टले शब पहिचान गरे पनि निकाल्न सकिएको थिएन । तर, निरन्तरको प्रयास पछि शब निकाल्न स्थानीय सफल भएका छन् ।