काठमाडौं – काठमाडौंको गोंगबुस्थित विभिन्न खाजा घर तथा रेष्टुरेण्टहरुबाट अनैतिक क्रियाकलापमा संलग्न २८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा १५ जना पुरुष र १३ जना महिला गरी २८ जनालाई बिहीबार साँझ पक्राउ गरेको हो ।
साथै अनैतिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने गोंगबुस्थित पुजा रेष्टुरेण्टका संचालकलाई पक्राउ गरेको छ ।
झापा शिबसतासी गाउँपालिका–८ घर भएका २९ वर्षीय सौगात क्षेत्रीले प्रहरीलाई नगद १८ हजार रुपैयाँ घुस दिन खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया