आफ्नो घरबेटीको प्रसंग उठेपछि प्रचण्डले भने, ‘मुलुकमा ६-८ ठेकेदारको एकाधिकार छ’

आफ्नो घरबेटीको प्रसंग उठेपछि प्रचण्डले भने, ‘मुलुकमा ६-८ ठेकेदारको एकाधिकार छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोड्नु पर्ने भएका छन्।

‘केही ठेकेदारको एकाधिकार तोड्ने ढंगले सरकार अगाडि नबढ्ने हो भने हामीले जतिसुकै राम्रा र मिठा कुरा गरे पनि जनताले देख्नेगरी समृद्धि आउन कठिन छ,’ शनिबार नुवाकोटमा आयोजित पोष्टबहादुर बोगटी स्मृति कृषि मेलालाई सम्बोधन गर्दै प्रचण्डले भने।

नेपालमा ६—८ ठेकेदार कम्पनीको एकाधिकार भएको उल्लेख गर्दै प्रचण्डले खरिद ऐन र ठेक्का प्रणालीको चर्को आलोचना गरेका छन्।
नुवाकोट जाने सडक प्रचण्डकै घरबेटी शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएको छ । कार्यक्रममा वक्ताहरुले सडकलाई आफ्नो घरवेटीसँग जोडेपछि प्रचण्डले त्यसो नगर्न आग्रह गरे ।

उनले आफू कसको घरमा बसेको छु, त्यो मुख्य कुरा नभएको पनि बताए।