मन्त्री मगरको उदाहरणीय काम, सहिद गौतमका ३ छोरीलाई काठमाडौंमा भर्ना

मन्त्री मगरको उदाहरणीय काम, सहिद गौतमका ३ छोरीलाई काठमाडौंमा भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— कञ्चनपुरमा भएको सीमा विवादमा भारतीय सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाएका सहिद गोविन्द गौतमका तीन छोरीलाई काठमाडौंको विद्यालयमा भर्ना गरिएको छ।

कञ्चनपुरबाट चुनाव जितेकी खानेपानी तथा सरसफाइमन्त्री बीना मगरको पहलमा बालिकाहरुलाई बालुवाटारस्थित मातृभूमि शिक्षा सदनमा भर्ना गरिएको हो।

नेपाल–भारत सीमामा भएको झडपमा २०७३ साल फागुन २६ गते भारतीय सुरक्षा बलको गोलीबाट मारिएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गौतमको ज्यान गएको थियो।

जेठी छोरी १० वर्षीय आकृति र माइली आशुम गौतमलाई कक्षा ५ र कान्छी आषिकालाई युकेजीमा भर्ना गरिएको छ। आमा लक्ष्मी र तीन छोरीलाई हाल बानेश्वरस्थित एक आफन्तको घरमा बसोबासको प्रबन्ध गरिएको जनाइएको छ।

तीन छोरीको उच्चशिक्षासम्मको व्यवस्था गर्न आफूहरुले जिम्मा लिने उल्लेख गर्दै मन्त्री मगरले गोविन्दकी श्रीमती लक्ष्मीलाई जागिर दिलाउने विषयमा पनि आफूहरु संवेदनशील रहेको बताइन्।

विद्यालयका प्रबन्ध निर्देशक तारानाथ उप्रेतीले गौतमका छोरीहरुलाई मन्त्री मगरले सामाजिक जिम्मेवारी लिएकाले उनीहरुलाई भर्ना गरिएको जानकारी दिए। रासस