चितवनमा मोटरसाइकल दुर्घटना, काठमाडौंका अनुप खड्काको ज्यान गयो

चितवनमा मोटरसाइकल दुर्घटना, काठमाडौंका अनुप खड्काको ज्यान गयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नारायणग–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई र ट्रकले ठक्कर दिँदा आइतबार साँझ एकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाण्डु महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्का रहेका छन् ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले भरतपुर महानगरपालिका–२९ केराबारीमा ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाइते खड्काको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन् । रासस