जनप्रतिनिधिको स्वार्थको कारण एडिबीले काम गर्न नसकेको खुलासा

जनप्रतिनिधिको स्वार्थको कारण एडिबीले काम गर्न नसकेको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा वडा सदस्य बिकास निर्माणमा बाधक हुँदा एडिबीले बिकास निर्माण अन्तरगत पक्की सडक र नाला निर्माण गर्न नसकेको बताएको छ ।

एडिबीको सहयोगमा निर्माण हुन लागेको स्थानिय वडा नं. ४ स्थित एबिसी रेसिडेन्सल स्कूलदेखि सेतु विक जाने सडकको बिच चोकमा महिला वडा सदस्य इन्दिरा शाहीले आफ्नो श्रीमानको नाममा रहेको घर भत्काउन नमानेपछि बिकास निर्माण ठप्प भएको स्थानियले गुनासो गरेका छन् ।

वडा नं. ४ वडा कार्यालय र नेपालगन्ज उपमहानगरपालिकामा महिला वडा सदस्य शाहीले घर भत्काउन नमानेपछि करिब ३ महिनादेखि बिकास निर्माण अहिले अलपत्र परेको छ ।

बिकास निर्माण अलपत्र भएको बिषयमा वडा नं. ४ का वडा अध्यक्ष मो. शफिक बेहनाले भने, ‘घर भत्काउनको लागि महिला वडा सदस्य शाहीलाई पटक पटक अनुरोध गरेको छु । अब दुई महिनाभित्र सबैको घर पर्खाल भत्काउन लगाई एडिबीलाई काम गर्ने सहज वातावरण बनाउनेछु ।’

महिला वडा अध्यक्ष शाहीले घर नभत्काउँदा त्यो लाइनमा भएका केही घरधनीले समेत घर पर्खाल भत्काएका छैनन् ।

महिला वडा सदस्य शाहीको बिषयमा नेपालगन्ज उपमहानगरपालिका बोर्डमा कुरा उठेको र मेयर डा. धवल सम्सेर राणा समेतले घर भत्काउनु पर्ने कुरा गरेको एक वडा अध्यक्षले बताए ।

बिकास निर्माणको लागि जनप्रतिनिधि नै बाधक भएपछि यसले अन्य वडाको बिकासमा पनि समस्या आउने भन्दै प्राय अन्य वडा अध्यक्षले बोर्डमा बिरोध जनाउने बताएका छन् ।