अबको बजेटले विकासको गियर बढाउँछ : प्रधानमन्त्री ओली

अबको बजेटले विकासको गियर बढाउँछ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ—प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन्।

धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

‘जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रष्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ,’ ओलीले भने, ‘देश विकासको गति दुई गियरमा छ भने तीनमा पु-याउछ । तीनमा छ भने चारमा पु¥याउछ ।’

उनले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथर देखि अन्तिम विन्दु बैतडीसम्म सूचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताए। ‘हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौं ,’ उनले भने, ‘सूचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ ।’

प्रधानमन्त्री ओलीले सरकारले विकास, शिक्षा ,स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको बताए। ‘सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबै भन्दा बढी आर्थिक बृद्धिदर यसै बर्ष भएको बताए। सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको उनको भनाइ छ । ‘हामी केही बर्ष भित्रै नेपाललाई तिव्र विकास हुने देशमा रुपान्तरण गर्दैछौं,’ ओलीले भने।