काठमाडौं– आन्तरिक राजस्व कार्यालयले व्यवसायी अजेयराज सुमार्गीलाई ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ लाभकर तिर्न पत्राचार गरेको छ।
एनसेलको सेयर खरिद—बिक्रीमा सुमार्गीले आफ्नो कम्पनी ‘हेल्लो नेपाल’ ब्राण्डको जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘नेपाल स्याटेलाइट टेलिकम’को लाभकर नतिरेपछि आन्तरिक राजस्वले उनको कम्पनीको नाममा १५ दिने सूचना जारी गरेको हो।
नेपाल स्याटेलाइटको ७५ प्रतिशत स्वामित्व साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत टेलियासोनेरा कम्पनीलाई २०६८—६९ मा बिक्री गरिएको थियो। नेपाल स्याटेलाइटको ७५ प्रतिशत सेयर ५ अर्ब ७१ करोड रुपैयाँमा बिक्री भएको राजस्व कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
आयकर ऐनले २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेअनुसार गएको ११ बैसाखमा आन्तरिक राजस्व कार्यालयले उक्त कम्पनीलाई १ अर्ब ४० करोड ८७ लाख कर निर्धारण गरेको थियो। उक्त रकमका ब्याजसमेत जोड्दा असुल गर्नुपर्ने बक्यौता ४ अर्ब ३१ करोड पुगेको कार्यालयले जनाएको छ।




प्रतिक्रिया