काठमाडौं – एक सातामै दुई पटक सगरमाथा आरोहण गरेर कामीरिता शेर्पाले फेरि अर्को किर्तीमानी कायम गरेका छन् ।
आज (मंलबार) बिहान ६ बजेर ३८ मिनेट जाँदा कामीरिताले २४ औँ पटक सगरमाथा आरोहरण गरेका छन् ।
यस अघि १ जेठमा उनले सगरमाथाको २३ औँ पटक आरोहण गरेका थिए । मंगलबार बिहान २४ पटक पटक विश्वको सर्वोच्च शिखर आरोहण गरेर उनले आफ्नै किर्तीमानमा सुधार गरेका सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
एकै सिजनमा शेर्पाले दुईपटक आरोहण गर्दै २४ पटक पुर्याएका हुन् । सेभेन समिट कम्पनीबाट आरोहण गरेका कामीरिताको लक्ष्य अर्को साल २५ औं पटक सगरमाथा आरोहण गर्ने लक्ष्य छ।
कामिरिताले एकै याममा दुई पटक सगरमाथा चढेको यो चौथो पटक हो । यसअघि उनले पनि तीन आरोहण यहि याममा दुई दुई पटक सगरमाथा चढिसकेका छन् ।
सोलुखुम्बुको थामे गाउँमा जन्मिएका ४९ वर्षीय कामिरिताले आगामी वर्ष २५ औँ पटक सगरमाथा आरोहण गरेर सन्यास लिने जनाएका छन् ।




प्रतिक्रिया