देवाली खान गएकी लक्ष्मी मृत भेटिइन्

देवाली खान गएकी लक्ष्मी मृत भेटिइन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा – दोलखामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

घरबाट करीब सय मिटर टाढा रहेको आफन्तको घरमा देवाली खाना खान गएकी जिरी नगरपालिका–४ स्थित सियूरानीकी ५९ वर्षीया लक्ष्मी नेपाली सोमबार दिउँसो ४ बजे मृत अवस्थामा फेला परेको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले बताए ।

मदिरा सेवनका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । स्वास्थ्य परीक्षणका लागि उनको शव जिल्ला अस्पताल जिरीमा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । रासस