काठमाडौं – मंगलबार मध्यरात र बुधबार बिहानीपख लमजुङमा भूकम्पको २ धक्का महसुस गरिएको छ ।
छोटो समयको धक्काले कहींकतै क्षति भने पुगेको छैन । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ११ बजेर ४७ मिनेट जाँदा ४ दशमलब १ म्याग्नेच्युडको भूकम्प गएको हो ।
यस्तै, बुधबार बिहानीपख ३ बजेर २८ मिनेट जाँदा ३ दशमलब ९ म्याग्नेच्युडको भूकम्प गएको हो । दुइवटै भूकम्पको केन्द्रबिन्दु लमजुङको बेंसीसहर नगरपालिका–३ गाउँसहर दरबारमुनीको क्षेत्र रहेको केन्द्रले जनाएको छ ।
मध्यरातमा गएको भूकम्पले एक्कासी ब्युँझिएर मानिसहरु घर बाहिर निस्किएका थिए । मानिसहरु सडकमा ओर्लिएर हल्लाखल्ला गरेका थिए ।




प्रतिक्रिया