पाँचथर सामूहिक हत्याकाण्ड कसरी हुन पुग्यो ? यस्तो छ वास्तविकता !

पाँचथर सामूहिक हत्याकाण्ड कसरी हुन पुग्यो ? यस्तो छ वास्तविकता !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पाँचथरको मिक्लाजुङ-३, आरुबोटेमा दुई परिवारका नौं जनाको सामूहिक हत्या प्रकरणमा तालिम प्राप्त कुकुरसहित प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ । आरुबोटे गाउँका धनराज शेर्मा र बमबहादुर फियाकसहित दुई परिवारका नौ जनाको मङ्गलवार बिहानै आफ्नै घरभित्रै मृत अवस्थामा फेला परेका थिए।

घटनामा संलग्न भएको आशङ्का गरिएका बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमले समेत आत्महत्या गरेका छन् । नौ जनाको शव भेटिएको स्थानबाट करिब २ घण्टाको पैदल दुरीमा ज्वाईं मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा भेटिएको थियो । माखिम झुण्डिएको नजिकै रगत लागेको लतपतिएको खुकुरी फेला परेको प्रहरीले जनाएको छ । हतियार फेला परेसँगै नौ जनाको सामूहकि हत्यामा माखिमको नै संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको हो ।

इलामनजिकै पर्ने पाँचथरको मिक्लाजुङ गाउँपालिकाको आरुबोटे गाउँ फिदिमबाट झन्डै ६० किलोमिटर टाढा रहेको छ। जघन्य अपराध भएकाले अनुसन्धानमा सघाउन थप प्रहरी परिचालन गरिएको छ ।

आत्महत्या गरेपछि घटना रहस्यमय बन्दै !
धारिलो हतियार प्रयोग गरी उनीहरूको हत्या भएको स्थानीयले बताएका छन् । हत्यामा संलग्न भएको आशङ्का गरिएका मानबहादुर माखिम रूखमा झुन्डिएर आत्महत्या गरेपछि घटना अझै रहस्यमय बन्दै गएको छ। हत्यामा संलग्न भएको आशङ्का गरिएका मानबहादुर माखिम सोही गाउँपालिकाको एक जङ्गलमा रूखमा झुन्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको हो ।

घटनास्थलबाट भाग्न सफल एक बालिका प्रहरीको आश्रयमा छिन्। सुरुमा उनी भागेर घटनास्थल नजिकैको एक घरमा लुकेर बसेको र पछि उनलाई दमक लगिएको बताइएको छ। बमबहादुरकी कान्छी छोरी मनकुमारीले श्रीमान मानबहादुरसँग तीन वर्षदेखि सम्बन्ध विच्छेदको माग गर्दै आएकी थिइन् । तीन वर्षसम्म सम्बन्ध विच्छेदका लागि तयार नभएका मानबहादुर केही साताअघि सम्बन्ध विच्छेदका लागि तयार भएका थिए । त्यही सम्बन्ध विच्छेदको परिणाममा यो घटना भएको स्थानीयवासी तथा आफन्तहरुको भनाइ छ ।

अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका माखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । टोलीका अनुसार माखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन ।

‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन्’, स्रोतले भन्यो । घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि माखिमकै रहेको थियो ।

यस विषयमा प्रहरीको सङ्घीय प्रहरी इकाई धरान, जिल्ला प्रहरी कार्यालय पाँचथर लगायतका निकायबाट अनुसन्धान सुरु भएको छ । बीभत्स हत्या गरिएका नौ जनासहित आत्महत्या गरेका माखिमको शव पोस्टमार्टमका लागि मङ्गलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

हत्याकाण्ड कसरी हुन पुग्यो ?
हत्याकाण्ड कसरी हुन पुग्यो ? यस विषयमा शेर्मा र फियाकका छिमेकी तथा आफन्तसँग कुराकानी गरिएको छ ।घटनाको अनुसन्धानका लागि हाल काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी उमाप्रसाद चर्तुवेदी नेतृत्वको टोली पनि त्यसतर्फ गइसकेको छ ।

वीभत्स हत्याले शोकमग्न गाउँ
बमबहादुरसहित उनकी श्रीमती फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमार फियाक (माखिम) र बमबहादुरकी साइली छोरीकी छोरी आसिका खजुम, बमबहादुरको घरमा हत्या भएको थियो । हत्यापछि सिङ्गो गाउँपालिका शोकमा डुबेको छ । घटनास्थलमा गाउँ–गाउँबाट सयौँको सङ्ख्यामा स्थानीयवासी भेला भएका थिए । “हामीले सोच्नसमेत सकेका छैनौँ यहाँ के भइरहेको छ भनेर”, मिक्लाजुङ गाउँपालिकाका उपप्रमुख उर्मिला राईले भनिन, “यो घटनाको जति निन्दा गरे पनि पुग्दैन ।

यो पनि पढ्नुस –

पाँचथरमा दुई परिवारका नौ जनाको विभत्स हत्या

पाँचथर हत्या प्रकरणः रुखमा झुण्डिएको अवस्थामा ज्वाइँको शव भेटियो

पाँचथर हत्याकाण्डः सीआईबीको टोली घटनास्थलतर्फ हिड्यो

श्रीमान–श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि ससुराली नै सखाप !

पाँचथर सामूहिक हत्याकाण्डः भागेर ज्यान जोगाएकी बालिकाले खोलिन घटनाको रहस्य