रामेछाप – प्रहरीले जबरजस्तीकरणी गरेको अभियोगमा रामेछापबाट १ जनालाई पक्राउ गरेको छ ।
३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप नगरपालिका–१ गोठगाउँ खुर्पाती टोल बस्ने २१ वर्षीय बिक्रम भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।
बिक्रमले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी साँघुटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया