यू १९ एसिया कप

भारतविरुद्ध नेपालको कमजोर प्रदर्शन, १२८ रनमै समेटियो इनिङ्स

भारतविरुद्ध नेपालको कमजोर प्रदर्शन, १२८ रनमै समेटियो इनिङ्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध खराब ब्याटिङ प्रदर्शन गरेको छ । ओमानको अल अमेरातमा शुक्रबार जारी समूह ‘ए’ को खेलमा नेपाली टोली ४२.३ ओभरमा १२८ रनमै समेटिएको हो ।

नेपालले दिएको १२९ रनको लक्ष्यसँगै भारत जितको नजिक पुगेको छ । नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । उनले ९३ बल खेल्दै एक चौका प्रहार गरे । त्यस्तै, आशिष लुहारले ४५ बलमा २९ रनको योगदान दिए ।

अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन नसक्दा नेपालको इनिङ्स कमजोर बन्यो । नेपालको सुरुवात नै निराशाजनक रह्यो । ८.३ ओभरमा २७ रन जोड्दा तीन विकेट गुमाएको नेपाल सुरुदेखि नै दबाबमा परेको थियो ।

त्यसपछि दर्श सोनार र आशिष लुहारले साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे पनि भारतीय बलिङ आक्रमणसामु नेपाली ब्याटर लामो समय टिक्न सकेनन् ।

भारतका अर्जुन राजपुत नेपालविरुद्ध प्रभावशाली देखिए । उनले ५.३ ओभरमा ८ रन मात्रै खर्चेर तीन विकेट लिए । भारतीय बलरहरूले सुरुदेखि नै कसिलो बलिङ गर्दै नेपाली ब्याटिङ लाइनअपलाई दबाबमा राखेका थिए ।

प्रतियोगितामा नेपालको यो पहिलो खेल हो । समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।