प्रधानमन्त्री ओलीद्वारा मोदीलाई टेलिफोनबाट बधाई

प्रधानमन्त्री ओलीद्वारा मोदीलाई टेलिफोनबाट बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनमा बिजय हासिल गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई बिहीबार टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आगामी कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरेका हुन्। टेलिफोन संवादका क्रममा आगामी दिनमा दुई देशको सम्बन्ध अझ समुधुर हुँदै जाने विश्वास दुवै प्रधानमन्त्रीहरुले व्यक्त गरे।