प्रधानमन्त्रीले नै भ्रष्टचारको संरक्षण गरेः नेता साही

प्रधानमन्त्रीले नै भ्रष्टचारको संरक्षण गरेः नेता साही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गरेको छ ।

भण्डाफोर अभियान कार्यक्रममा महासचिव भुपेन्द्रजंग शाहीले कम्युनिष्ट सरकार भ्रष्टचारमा लिप्ट रहेको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टचारको संरक्षण गरेको पनि उनले आरोप लगाए ।

पार्टीले घोषणा गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत नै विभिन्न ठाउँमा आयोजित कार्यक्रममा तरुण दलले भ्रष्टाचारविरुद्ध अभियान चलाएको हो ।

शुक्रबार बाँकेको कोहलपुरमा तरुण दलले भण्डाफोर कार्यक्रम गरेको छ ।