पूर्वप्रधानन्यायाधीश खत्रीको शोकमा आइतबार देशभरका अदालत बन्द

पूर्वप्रधानन्यायाधीश खत्रीको शोकमा आइतबार देशभरका अदालत बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा भोलि आइतबार देशभरका अदालत बन्द हुने भएका छन्। सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्णबैठकले शोकमा भोलि देशभरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा न्यायाधीकरणहरू बन्द गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाद्वारा जारी विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश खत्रीको निधनबाट न्याय, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ। सर्वोच्च अदालतको न्यायाधीश र प्रधानन्यायाधीशको रूपमा लामो समयसम्म सेवारत खत्रीको बुधबार निधन भएको थियो। खत्री २०३३ सालमा प्रधानन्यायधीमा नियुक्त भई २०४२ सालमा सेवानिवृत्त भएका थिए।