समाचार लेखेकै आधारमा पत्रकारलाई अफ्ठ्यारो पर्दैन : संञ्चार मन्त्री

समाचार लेखेकै आधारमा पत्रकारलाई अफ्ठ्यारो पर्दैन : संञ्चार मन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे – संञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संञ्चार क्षेत्रका समस्या हल गर्न सरकारले मिडिया काउन्सिल विधयक ल्याएको जिकिर गरेका छन् । शनिबार काभ्रेको बनेपामा आयोजित एक कार्यक्रममा उनले मिडिया काउन्सिल विधेयकमात्रै नभएर आमसंञ्चार ऐनसमेत ल्याउने सरकारले तयारी गरेको बताए ।

सन्चारमन्त्री बाँस्कोटाले विधेयकका कारण समाचार लेखेकै आधारमा पत्रकारलाई अफ्ठ्यारो नपर्ने विश्वास समेत दिलाए ।