ट्रेड युनियनका अध्यक्ष ढकाल सवार गाडी दुर्घटना

ट्रेड युनियनका अध्यक्ष ढकाल सवार गाडी दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काभ्रेको भकुन्डेबेसीमा सरकारी गाडी दुर्घटना भएको छ । दुर्घटनामा ट्रेड युनियनका अध्यक्ष पुण्य प्रसाद ढकाल गम्भीर घाइते भएका छन् । उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

उनी सवार बा.१ ज ५१२९ नम्बरको सरकारी गाडी इनरुवाबाट काठमाण्डु फर्कने क्रममा गत बिहीबार राति काभ्रेको भकुन्डेबेसीमा दुर्घटना भएको थियो ।

उनीसँगै गाडीमा सवार नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष बैकुन्ठ गुरागाईको पनि छातिमा चोट लागेको छ ।