१६ महिनाकी बालिकाको जिपले किचेर मृत्यु

१६ महिनाकी बालिकाको जिपले किचेर मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – पाल्पामा सडकमा खेलिरहेकी १६ महिनाकी एक बालिकाको जिपले किचेर मृत्यु भएको छ ।

निस्दी गाउँपालिका–१ डमरास्थित रीता पौड्यालकी १६ महिनाकी छोरी रितीका पौड्याललाई रामपुरबाट बाकमलाङ्गतर्फ जाँदै गरेको लु १ ज २४४४ नम्बरको जिपले सडक मै किचेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएका प्रहरी निरीक्षक भुपालसिंह रानाको नेतृत्वको टोलीले तत्काल चालक र जिपलाई नियन्त्रणमा लिएको थियो ।