काठमाडौं – काठमाडौंको सुकेधारामा सिलिन्डर ग्यास विस्फोट भएको छ । विस्फोटमा परि एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बुढानिलकण्ठ नगरपालिका–४ सुकेधारास्थित ढलाने पुल नजिकै एक सैलुनमा विस्फोट भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिए ।
विस्फोटमा घाइते भएका ५ जनाकाे उपचार भइरहेकाे र घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकको सनाखत हुन सकेको छैन । थप विवरण आउन बाँकी छ ।
त्यस्तै, अनामनगरमा पनि सिलिन्डर ग्यास विस्फोट भएको छ । विस्फोटमा परि एक जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ ।




प्रतिक्रिया