अपडेट : सुकेधारा र अनामनगर विस्फोटमा मृत्यु हुनेको पहिचान खुल्यो

अपडेट : सुकेधारा र अनामनगर विस्फोटमा मृत्यु हुनेको पहिचान खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको सुकेधारा र अनामनगरमा ग्यास सिलिण्डर विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । सुकेधारा विस्फोटमा २ र अनामनगरमा एक जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

सुकेधारा विस्फोटमा परेका मध्ये एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि अस्पताल पुर्‍याएपछि मृत्यु भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।  विष्फोटमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जनको मृत्यु भएको हो ।