काठमाडौं – अनामनगरको घट्टेकुलोस्थित एक घरमा भएको सिलिन्डर ग्यास विस्फोटमा एक जनाको मृत्यु भएको छ । विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा भेटिएको छ ।
महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहले घटनास्थलबाट दिएको जानकारी अनुसार विस्फोट भएको स्थानमा विप्लवको पार्टीका पर्चा, पम्पलेट फेला परेका छन् । पर्चामा ‘नेपाल बन्द सफल पारौँ’लगायतका नारा लेखिएका छन् ।
अहिले अन्य विस्फोटक सामग्री हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । मृतकको सनाखत हुन सकेको छैन । मृतकको शव क्षतविक्षत भएकाले पहिचान हुन नसकेको एसपी सिंहले जानकारी दिए ।
विस्फोटमा रविन केसी घाइते भएका छन् । घाइते रविन केसी ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनका नेता तथा त्रिचन्द्र कलेजका इकाइ सभापति हुन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।




प्रतिक्रिया