विप्लवका एक नेता झापाबाट पक्राउ

विप्लवका एक नेता झापाबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड – झापामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा दलित मुक्ति मोर्चा झापाका जिल्ला अध्यक्ष प्रवीण दर्नाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोशाकको प्रहरी टोलीले आइतबार बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका दर्नाललाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि पनि झापाको विभिन्न स्थानबाट ६ जना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।