विप्लवका कार्यकर्ताले कालिकोटमा २ वटा मोटरसाइकल जलाए

विप्लवका कार्यकर्ताले कालिकोटमा २ वटा मोटरसाइकल जलाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोट – विप्लवका कार्यकर्ताले कालिकोटमा दुईवटा मोटरसाइकल जलाएका छन् । कर्णाली राजमार्गको कालिकोट खण्ड कालेखोलामा कालिकोटबाट सुर्खेततिर जाँदै गरेका २ वटा मोटरसाइकल विप्लव समूहका कार्यकर्ताले जलाएका हुन् ।

विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपालका कर्णाली व्यूरो इन्चार्ज सितल बिष्टले पार्टीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै कालिकोटबाट सुर्खेततिर जाँदै गरेका भे ८ प ३५८ र भे ७ प ४८५७ नम्बरका २ वटा मोटरसाइकल सडकमै जलाइएको जानकारी दिए ।

उनले जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, राजमार्ग बन्द गर्नका लागि कार्यकर्ता खटिएको बताउँदै बन्दको अवज्ञा गर्ने जोकोहीलाई पनि नछाड्ने बताए ।