तनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको गाछेपानीमा जिपले मोटरसाईकललाई ठक्कर दिदाँ सैनिक जवानको मुत्यु भएको छ ।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग२च ९६२२ नम्बरको दूध बोक्ने जिपले विपरित दिशातर्फ गईरहेको मे५प ९२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ चालक २६ वर्षीय शैलेश लिम्डुमको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
इलामको माईजोगमाई गाउँपालिका–३ प्वाङका लिम्डुम नेपाली सेना गौरीबक्स गुल्म पोखरामा कार्यरत थिए । घाइते उनको उपचारका क्रममा बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा चिकित्सकले मृत घोषणा गरेका हुन् । ठक्कर दिने जीप र जीप चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।




प्रतिक्रिया