नख्खु एनसेल बम काण्डका आरोपीले छोडे विप्लवको साथ

नख्खु एनसेल बम काण्डका आरोपीले छोडे विप्लवको साथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रित्व (नेकपा) का रौतहट जिल्‍ला इञ्चार्जले आत्मसमर्पण गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा नेता शंकर अधिकारीले आत्मसमर्पण गरेका हुन् ।

ललितपुरको नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको बम काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जनाले नै विप्लव समूह परित्याग गरेका छन् । उनीहरुले आफू सामान्य नागरिक भएर जिउने बताएका छन् ।

अधिकारीसँगै देवराज घिमिरे र सन्दीप कार्कीले पनि आत्मसर्पण गरेका छन् । उनी गत शुक्रबार मात्र संगठित अपराध मुद्दामा धरौटीमा छुटेका थिए । धरौटीमा छुटेलगत्तै अर्को मुद्दामा उनले आत्मसमर्पण गरेका हुन् ।

प्रहरीले चैत ९ गते काभ्रेपलाञ्चोकमा घेरा हालेर नेता हेमन्तप्रकाश ओलीसहित आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमध्येका एक अधिकारी थिए ।

अधिकारी बाहलवाला खानेपानी मन्त्री बिना मगरका पूर्वपति हुन् ।