काठमाडौं – मंगलबार बिहान मकवानपुरको हेटौंडा र कैलालीको धनगढीमा बम भेटिएका छन् ।
हेटौंडाको हटियास्थित शिवम् सिमेन्ट उद्योग नजिकै राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । मंगलबार सेनाले प्रेसरकुकर बम डिस्पोज गरेको प्रहरीले जनाएको छ ।
उता सुदूरपश्चिमको राजधानीसमेत रहेको धनगढीस्थित मालपोत कार्यालयअघि पनि आज बिहान बम फेला परेको छ ।
मालपोत कार्यालय हाताभित्रको रहेको गल्लीमा झोलाभित्र बाल्टिनमा बम भेटिएको थियो उकेत बम सेनाको टोलीले बम डिस्पोज गरिसकेको छ ।
बम कसले राखेको भन्ने नखुले पनि विप्लव समूहले राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।




प्रतिक्रिया