दैलेख – दैलेख बजारमा रहेको मेगा बैंकका सुरक्षा गार्डले आफैमाथि खुकुरी प्रहार गरेका छन् ।
सदरमुकाम नारायण नगरपालिकामा रहेको मेगा बैंक शाखा कार्यालयमा कार्यरत ४५ वर्षीय हस्तबहादुर रानाले आफैंले भिरेको खुकुरी निकालेर पेटमा प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट घाइते नौमुले गाउँपालिका ६ सल्लेरी घर भएका रानाको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सो घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया