काठमाडौंमा ट्रान्सफर्मरमा अल्झेर चितुवाको मृत्यु

काठमाडौंमा ट्रान्सफर्मरमा अल्झेर चितुवाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कागेश्वरी–मनहरा नगरपालिका–१, गागलफेदीमा चितुवा मृत फेला परेको छ । नजिकैको ईश्वरी सामूदायिक वनबाट आएको चितुवा बिजुलीको ट्रान्सफर्मरमा मृत फेला परेको हो ।

गोकर्ण सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत अरूण गुप्ताले चितुवा करेन्ट लागेर मरेको स्पष्ट पारेका छन् ।

गुप्ताको टोलीले मृत चितुवालाई ल्याएर गोकर्णको जंगलमा गाडेको छ । सहायक वन अधिकृत गुप्ताले ट्रान्सफर्मरको फेदमा माटो भरेकाले चितुवा माथि चढेको बताए ।