लोकसेवाले निकाल्यो नौ हजार पदमा विज्ञापन,अधिकृतदेखि खरिदारसम्म माग

लोकसेवाले निकाल्यो नौ हजार पदमा विज्ञापन,अधिकृतदेखि खरिदारसम्म माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजारभन्दा बढीको संख्यामा नयाँ कर्मचारी भर्नाका लागि बुधबार विज्ञापन आह्वान गरेको छ । आयोगले स्थानीय तहमा रिक्त रहेको कर्मचारी अभावलाई कम गर्न बिभिन्न सेवा समूह तथा उपसमूहका लागि कर्मचारी भर्नाको आह्वान गरेको हो ।

देशभरका ५५५ स्थानीय तहले १४ हजार ६ सयको संख्यामा कर्मचारी माग गर्दै विवरण पठाएको भए तापनि आयोगले हालका लागि ९ हजार बढीको संख्यामा मात्र भर्ना आह्वान गरेको हो । लोक सेवा आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ विज्ञापन खुलाएको छ । प्रकाशित सूचनामा प्रत्येक गाउँपालिका, नगरपालिका छुट्टछ्ट्टै रुपमा पदपूर्ती हुने गरी सूचना निकालेको हो ।

आयोगका अनुसार असार ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । दरखास्त दस्तुरका लागि तह ६ का लागि खुला १००० रुपैयाँ र समावेशी थप ४०० रुपैयाँ, तह ५ का लागि खुला ४०० र समावेशी रु २००, तह ४ का लागि खुलाका लागि  ३०० समावेशीका लागि १५० तोकिएको छ ।

आयोगका अनुसार तह ४ र ५ का लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र तह ६ का लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, महिला तथा अपांगको हकमा ४० वर्ष नकटेकाले आवेदन दिन सक्नेछन् ।

(हेर्नुहोस पूरा विवरण)

अनलाइन आवेदन दिन यहाँ क्लिक गर्नुहोस्