तामझामका साथ आजबाट खुल्यो तातोपानी नाका (हेर्नुस तस्वीरमा)

तामझामका साथ आजबाट खुल्यो तातोपानी नाका (हेर्नुस तस्वीरमा)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – चार बर्षदेखी बन्द रहेको नेपाल चीनबीचको प्रमुख ब्यापारिक नाका तातोपानी नाका आजबाट पुन संचालनमा आएको छ ।

सरकारका उध्योग बाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादव र चिनियाँ बाणिज्य उपमन्त्री झाङ्ग जिवेन, चिनियाँ राजदुत हाउ याङ छीले संयुक्त रुपमा रिबन काटेर तातोपानी नाकाको उद्घाटन गरेका हुन् ।

मितेरी पुलमा आयोजित औपचारिक समारोहबीच नाकाको उद्घाटन भएपछी ना६ख ४७५१ नम्बरको कन्टेनर उनसहित चिनियाँ भुभागबाट नेपाल भित्रिएको छ ।

अन्य ३ कन्टेनर भ्यान पनि उन लिएर नेपाल भित्रिएका छन् । नाका उद्घाटन समारोहमा सांसद अग्निप्रसाद सापकोटा, शेर बहादुर तामाङ, प्रदेश सरकारका उध्योग बन वातावरण तथा पर्यटन मन्त्री अरुण नेपाल, सामाजिक बिकास मन्त्री युबराज दुलाल लगाएत सहभागी थिए ।

नाकाको उद्घाटन हुने भएपछी सयौं व्यापारी व्यवसायी तथा स्थानियहरु सिमा बजार लिपिङमा जम्मा भएका थिए ।