सप्तरीमा आगलागीबाट ५ घर जले

सप्तरीमा आगलागीबाट ५ घर जले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज – सप्तरीको बोदेबरसाईन-३ गौरामा आगलागी हुँदा ५ घर जलेका छन् । आगलागीबाट ७ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।  शनिवार स्थानीय राशिन्द्र यादवको घरमा विद्युत सर्ट भएर आगो फैलिएको थियो।

यादवको घर सहित छिमेकीहरू जयनारायण यादव, काशिन्द्र यादव, ध्रुब कुमार यादव र जागेश्वर यादवको घर आगलागीका कारण जलेर नष्ट भएको छ। आगलागीमा अन्नपात, लत्ताकपडा, भाडावर्तन, कुखुराको चल्ला लगायतका सरसामान पूर्णरूपमा जलेर नष्ट भउको पीडितहरुले बताएका छन्।  आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।