मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नारायणगढ – मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो । अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई–तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

सो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो । रासस