काठमाडौं – यति एयरलायन्सले नयाँ प्रबन्ध निर्देशक नियुक्त गरेको छ । एयरलायन्सले प्रबन्ध निर्देशक (एमडी) मा चन्दा शेर्पालाई नियुक्त गरेको हो ।
यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पाको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि । पर्यटन र उड्ययन क्षेत्रमा रहेको शेर्पाको झन्डै ५० अर्बको साम्राज्य कसले चलाउला ? भन्ने जिज्ञासा बढेको थियो ।
यति एयरलायन्सले केही दिनअघि स्वर्गीय शेर्पाकी पत्नी चन्दालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । एयरलायन्सको अध्यक्षमा लाक्पा सोनाम शेर्पा थिए । उनी आङछिरिङका दाइ हुन् ।
अहिले पनि सोनाम अध्यक्ष बनेका छन् भने नोर्बुछिरिङ शेर्पालाई डिएमडीको जिम्मेवारी दिइएको छ । विजयबहादुर श्रेष्ठलाई यति समूहको कार्यकारी निर्देशक, उमेशचन्द्र राईलाई प्रमुख कार्यकारी अधिकृत र अनोज रिमाललाई आर्थिक निर्देशक नियुक्त गरिएको छ । चन्दा यसअघि यति एडभेन्चरकी प्रमुख थिइन ।




प्रतिक्रिया