काठमाडौं – आज (सोमबार) देशभरका धेरैजसो ठाउँको मौसम बदली भएको छ । काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही ठाउँमा बिहानैदेखि बद्ली भएर पानी परिरहेको छ भने केही ठाउँमा अहिले आशिंक बद्ली भएको र दिउँसोपछि मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासी जानकारी दिइन् ।
भारतको बिहारमा बनेको मौसमी प्रणाली र मनसुनपूर्वको समय भएकाले हुरीबतास र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरि एक महिनापछि आज पश्चिम तराईमा पनि पानी पर्ने प्रबल सम्भावना देखिएको मौसमविद सुवास रिमालले जानकारी दिए । मौसमविद रिमालका अनुसार त्यस क्षेत्रमा एक महिनायता पानी नपर्दा गर्मी बढेको छ ।
भोलि पनि मौसम बदली भएर पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तो छ तीन दिनको मौसमी अनुमानः
सोमबार
दिउँसोः देशैभरि आंशिक देखि सामान्य वदली रही देशका केहि स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
रातिः देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य वदली र बाँकी भू–भागमा आंशिक बदली रही देशको पश्चिमी र मध्य भू–भागका केही स्थानहरुमा तथा पुर्वी भू–भागका थोरै स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
मंगलबार
दिउँसोः देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भू–भागका केही स्थानहरुमा हावाहुरी,मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
रातिः देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भू–भागका केही स्थानहरुमा र पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ ।
बुधबारः
दिउँसोः देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
रातिः देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु(भागका १र२ स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ ।




प्रतिक्रिया