सोलुमा विप्लव कार्यकर्ताद्धारा चौकी आक्रमण, प्रहरी र सेना परिचालन

सोलुमा विप्लव कार्यकर्ताद्धारा चौकी आक्रमण, प्रहरी र सेना परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रहरी चौकी कब्जा गर्न खोजेका छन् । नेकपाका कार्यकर्ताले आइतबार मध्यराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न खोजेका हुन् ।

विप्लव कार्यकर्ता मध्यराति २५–३० जनाको समूह बनाएर चौकी पुगे पनि चौकी रित्तै भेटेपछि फर्किएका थिए ।

तर प्रहरीले पूर्वसूचना पाएपछि हतियारसहित सुरक्षित स्थानमा गएकाले कब्जाको रणनीति असफल भएको प्रहरीले जनाएको छ ।

आक्रमणको प्रयास भएकाले थप मद्दत्त लिएर जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी शालिकराम शर्मासहितको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार प्रदेशबाट हेलिकोप्टरमा सेना र प्रहरीको टोली समेत घटनास्थलमा पुगेको छ ।

प्रहरी चौकीमा रहेका ७ जना सुरक्षाकर्मी हतियारसहित सुरक्षित स्थानमा गएर लुकेका थिए । प्रहरीका अनुसार महाकुलुङ क्षेत्रमा विद्युत र दुरसञ्चार अवरुद्ध भएको मौका छोपेर सो आक्रमणको प्रयास भएको हो ।

घटनास्थल सल्लेरीदेखि करिब ७५ किलोमिटर टाढा छ । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।