रोल्पामा शिक्षिकाको कुटाइबाट १४ विद्यार्थी घाइते, पाँच जनाको हात भाँचियो

रोल्पामा शिक्षिकाको कुटाइबाट १४ विद्यार्थी घाइते, पाँच जनाको हात भाँचियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा – रोल्पामा एक शिक्षिकाको कुटाइबाट १४ विद्यार्थी घाइते भएका छन् । रोल्पाको रुन्टीगढी गाउँपालिका– ८ स्थित झेनाममा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट उनीहरू घाइते बनेका हुन् ।

शिक्षिकाको कुटाइबाट घाइते १४ जना मध्ये पाँच जनाको हात भाँचिएको छ । विद्यालयमा ढिलो आएको भन्दै शिक्षिका पुनले उनीहरूलाई भाँचिएको बेन्चको खुट्टाले जेठ १२ गते अन्धाधुन्ध हिर्काएकी थिइन् ।

शिक्षिकाको कुटाइबाट अलगअलग कक्षामा पढ्ने छात्रा भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात भाँचिएको हो । उनीहरूको दाङमा लगेर उपचार गरिएको बताइएको छ ।

उनीहरूको हात भाँचिएको कारण प्लास्टर गरिएको छ । रोल्पा प्रहरीले विद्यार्थी कुट्ने शिक्षिकालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको बताइएको छ ।