काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा साँझपख मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा साँझपख मेघ गर्जनसहित वर्षा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (मंगलबार) काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका मध्य र पश्चिम क्षेत्रका केही स्थानमा दिउँसोदेखि साँझपख मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार बिहानैदेखि मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ ।

मौसमविद् नगरकोटीका अनुसार दिउँसोदेखि साँझसम्म देशका मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा मेघ गर्जन, हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।

अहिले प्रि मनसुको समय भएकाले हावाहुरी, चट्याङ र वर्षा हुनु सामान्य प्रक्रिया भएको महाशाखाले जनाएको छ । मनसुन पूर्वको समयमा प्रायः यस्तो हुने नगरकोटीले बताइन् ।

यस वर्ष नेपालमा मनसुन भने विगत भन्दा ढिलोगरी सुरु हुने अनुमान महाशाखाले गरेको छ ।