अस्ट्रेलियाको डार्विनमा अन्धाधुन्ध गोली प्रहार, चार जनाको मृत्यु

अस्ट्रेलियाको डार्विनमा अन्धाधुन्ध गोली प्रहार, चार जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अस्ट्रेलियाको डार्विनमा अन्दाधुन्दा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार मंगलबार साँझ ६ बजे अन्दाधुन्दा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको हो। गोली लागेर केही व्यक्ति घाइतेसमेत भएको बीबीसीले जनाएको छ।

डार्विनस्थित मोटलमा छिरेर एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको जनाइएको छ।घटनामा संलग्न व्यक्तिलाई प्रहरीले घटनास्थलबाट भाग्दै गर्दा नियन्त्रणमा लिएको हो।