सिंहदरबार परिसरमा प्रधानमन्त्रीले रोपे एभोकार्डोकाे विरुवा

सिंहदरबार परिसरमा प्रधानमन्त्रीले रोपे एभोकार्डोकाे विरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा एभोकार्डोको विरुवा रोपेका छन् ।

विश्व वातावरण दिवशको अवसरमा प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुले आज सिंहदरबार परिसरमा एभोकार्डोको विरुवा रोपेका हुन् ।

सरकारले एक नेपाली एक फलफूलका विरुवा कार्यक्रम गतबर्ष देखि सुरु गरेको थियो । यही कार्यक्रमको निरन्तरता स्वरुप प्रधानमन्त्री ओलीले एभोकार्डोको विरुवा रोपेका हुन् । सिंहदरबार परिसरमा २८ वटा एभोकाडो बिरूवा रोपिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री मातृकाप्रसाद यादवलगायतले एभोकाडोको बिरूवा रोपेका हुन् । सरकारले वातावरण हराभरा बनाउनको लागि वृक्षरोपणलाई प्राथमिकताको साथ लिएको छ ।

विश्व वातावरण दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइएको छ ।