काठमाडौं – निजामती कर्मचारीहरूलाई हप्तामा दुई दिन बिदा दिन माग गरिएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले विधेयकमाथि संशोधन राख्दै शनिबार र आइतबार बिदाको व्यवस्था कानुनी रूपमै राख्न माग गरेका हुन् ।
संघीय निजामती सेवासम्बन्धी ऐनमाथि संशोधन प्रस्ताव राख्दै थापाले कर्मचारीलाई हप्तामा ४० घण्टा नघट्ने गरी काम लगाउनु उचित हुने उल्लेख गरेका छन । अहिले निजामती कर्मचारीले सातामा एक दिनमात्रै बिदा पाउँदै आएका छन ।
थापाले निजामती सेवाका कर्मचारीलाई सेवा अवधिमा आवश्यक अनुमति लिई बढीमा १० वर्षसम्म संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा सोही प्रकृतिका अन्तर्रा्ष्ट्रिय संस्थामा काम गर्न सक्नेगरी बिदा दिन समेत प्रस्ताव राखेका छन ।
सांसदहरूले ध्रुमपान, सूर्तीजन्य पदार्थ सेवन र मदिरापान गर्ने व्यक्तिलाई निजामती कर्मचारी बन्न अयोग्य बनाउन समेत प्रस्ताव गरेका छन । हाल निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा छ ।




प्रतिक्रिया