काठमाडौं – काठमाडौंमा यहि जेठ १२ गते श्रृङ्खलाबद्ध बम विस्फोटमा परी घाइते भएका थप एक जनाको उपचारको क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको छ। मृत्यु हुनेमा रामेछाप मन्थली नगरपालिका ४ का रामकुमार श्रेष्ठ रहेका छन्। योसँगै बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हो ।
यसअघि विस्फोटमा परी घटनास्थलमै २ जना र उपचारका क्रममा अन्य २ जनाको पनि मृत्यु भएको थियो। सुकेधारास्थित छोटे ठाकुरको सैलुनमा भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका श्रेष्ठको ओम हस्पिटलको आइसियुमा उपचार भइरहेको थियो। उक्त घटनामा घाइते अन्य दुईजना सुरेन्द्र महर्जन र हरि खड्काको अहिले पनि सोही हस्पिटलमै उपचार भइरहेको छ।
बम विस्फोटमा ज्यान गुमाउनेहरुमा परी नेपाल कम्युनिष्ट पार्टीका जनमुक्ति सेनाका कमाण्डरहरू महान, दीपेन्द्र, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही र निरन्तर थिए । श्रेष्ठ पनि विप्लव कार्यकर्ता हुन् ।




प्रतिक्रिया