भारत ‘ए’ सँग नेपालकाे लज्जास्पद हार, ३०६ रनले पराजित

भारत ‘ए’ सँग नेपालकाे लज्जास्पद हार, ३०६ रनले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एसिया कप राइजिङ स्टार्स अन्तर्गत भारत ‘ए’ सँग नेपालले लज्जास्पद हार ब्यहोरेको छ ।

भारत ए सँग नेपाल ३०६ रनले हारेको हो ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भारत ‘ए’ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा सबै विकेट गुमाएर २४ रन मात्र बनाउन सक्यो ।

सुरुवातबाटै दवाबमा रहेका नेपालका कुनै ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

भारत ए का हर्सित यादवले ४ प्रिनस यादवले ५ विकेट लिए

यसअघि भारत ‘ए’ले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनायो ।

भारत ए का तिलक वर्मा र कुमार कुशाग्रले सतक हाने । वर्माले १०७ रन जोडे भने कुशाग्रले ११७ रन बनाए । यस्तै सुर्यान्स सेग्डेले ३६ र वैभव सूर्यवंसीले २६ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछने र ललित राजवंशीले ३र३ विकेट लिए भने नन्दन यादव २ र पवन सराफले १ विकेट लिए ।