काठमाण्डु– राष्ट्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले नेपालमा बढ्दो हिमाली विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली अपरिहार्य बनेको बताएका छन् ।
आजदेखि काठमाण्डुमा सुरु भएको ‘नेपालमा शृङ्खलाबद्ध पहाडी विपद्का लागि पूर्वसूचना प्रणाली अनुभव, सिकाइ र भावी कार्यदिशा’ विषयक कार्यशालामा बोल्दै उनले क्रमिक तथा आकस्मिक दुवै प्रकारका विपद्सँग जुध्न प्रभावकारी पूर्वतयारी आवश्यक रहेको बताएका हुन् ।
उनले कोप ३१ सम्मेलनले पूर्वसूचना, शृङ्खलाबद्ध जोखिम र हिमाली विपद्लाई प्राथमिकता दिएको उल्लेख गर्दै नेपालको भौगोलिक तथा स्थानीय अवस्थाअनुकूल पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।
डा. उप्रेतीका अनुसार आगामी केही साताभित्र ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र र बहुप्रकोपीय जोखिम आकलन कार्यढाँचा पारित हुने तयारी छ।



प्रतिक्रिया