मन्त्री महासेठ र सभापतिबीच भनाभन

मन्त्री महासेठ र सभापतिबीच भनाभन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्का र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठबीच बिहीबार समितिको बैठकमा भनाभन भएको छ । बैठकको सुरुमा सभापतिले मन्त्री, सचिव र अन्यलाई विषयबस्तुबारे जानकारी गराएपछि मन्त्रीले सबैको जवाफ दिनुपर्छ भन्ने नभएकाले बैठकको प्रक्रियाको विषयमा असन्तुष्टी जनाउनुभएको थियो ।

मन्त्री र सभापतिबीच लामै विवाद भएपछि सांसद, पत्रकार र उपस्थितहरु समेत अन्यौलमा परेका थिए । सभापतिले बहिरा व्यक्तिलाई पनि सवारी चालक अनुमतिपत्र दिने विषयमा छलफल हुने र सरोकारवालालाई बोलाएको भन्नेबित्तिकै मन्त्रीले त्यसलाई नमान्ने भन्दै तत्काल प्रतिक्रिया दिनुभएको थियो ।

सरोकारवालासँग प्रत्यक्ष छलफल गराउनु व्यावहारिक नभएको भन्दै मन्त्रीले दावी गरेपछि सभापतिले उहाँहरुले मन्त्रीसँग आफ्ना गुनासा राख्न पाउनु स्वभाविक भएको बताउनुभयो । तर मन्त्रीले यसलाई ‘नम्स’ र सिद्धान्तअनुसार नभएको भनेर ठाडै अस्वीकार गर्नुभयो । सभापति खड्काले पनि ‘नम्स’ र सिद्धान्तअनुसार नै बैठक चलिरहेको दावी गर्नुभयो ।

मन्त्रीले समितिसँग भएको छलफलको निर्णय सरोकारवालालाई जानकारी दिने र आवश्यक परे फेरि पछि छलफल गर्न सकिने बताउनुभयो । समिति सदस्य रहनुभएका पूर्व प्रधानमन्त्री झलनाथ खनालले विधि र प्रक्रियाको विषयमा के गर्ने ÷के नगर्ने भनेर सभामुखसँग सबै समितिले गहन ढंगले छलफल गरी टुंगोमा पुग्नुपर्ने बताउनुभयो । यो खबर समाचारपत्रमा छ ।