सीएमसीले छाडेको तनहुँ जलविद्युतमा चाइनिज कम्पनीले पेश गरे बोलपत्र

सीएमसीले छाडेको तनहुँ जलविद्युतमा चाइनिज कम्पनीले पेश गरे बोलपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं—१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँधलगायतका संरचना निर्माणमा चिनियाँ कम्पनीले चासो देखाएको छ।

आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले नयाँ बोलपत्र आह्वान भएकोमा एक नेपाली कम्पनीको संयुक्त उपक्रमसहित चार कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन् ।

बोलपत्र पेश गर्ने कम्पनीमा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेशन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इञ्जिनीयरिङ कर्पोरेशन लिमिटेड र सोङ डा कर्पोरेशन भियतनाम÷कालिका कन्सट्रक्शन, नेपाल जेभी छन् । इटालियन कम्पनी सिएमसीले ठेक्का छाडेर हिँडेको थियो।

तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेका अनुसार कम्पनीहरुले पेश गरेको प्राविधिक बोलपत्रकोे मूल्याङकन गरी सारभूत रुपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिनेले छ।

छनोट हुने निर्माण व्यवसायी कम्पनीले आयोजनाको कूल १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुई वटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नुपर्नेछ ।

प्राविधिक बोलपत्रको मूल्यांकन आगामी भदौको दोस्रो साताभित्रमा सम्पन्न गरी सहमतिका लागि एशियाली विकास बैंकमा पठाइने र त्यहाँबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोलिने उनले जानकारी दिए। आगामी कात्तिकको दोस्रो साताभित्रमा ठेक्का सम्झौता गर्ने र आगामी पुसको दोस्रो साताभित्रै आयोजनास्थलमा निर्माण व्यवसायी परिचालन गर्ने लक्ष्य रहेको छ ।

०८१ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख रहेको छ ।