बालबालिकालाई सिकाइदै व्यावहारिक शिक्षा

बालबालिकालाई सिकाइदै व्यावहारिक शिक्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – पठनपाठनसँगै नेतृत्व विकास र क्षमताअभिबृद्धि गर्ने उदेश्य राखेर ललतिपुरको क्यारिवियन स्कुलले बालबालिकाहरुलाई दुई दिने तालिम दिएको छ । भविस्यमा सही नेतृत्व दिन सक्ने दक्ष जनशक्ति उत्पादन गर्न नानीबाबुहरुलाई ‘नेतृत्व विकास सम्बन्धि’तालिम दिएको स्कुलका सहायक प्रिन्सीपल हरि खत्रीले बताए ।

‘हाम्रो उदेश्य भविस्यमा,राजनीतिक, समाजिक वा व्यावसायिक क्षेत्रमा सही नेतृत्व दिनसक्ने दक्ष जनशिक्त उत्पादन गर्नु हो,यो तालिमले नानीबाबुहरुमा आत्मविश्वास बढाउनुका साथै जिम्मेबार बन्न सिकाउनेछ’, उनले भने ,नुवाकोट ककनिमा रहेको अन्तराष्ट्रिय स्काउट क्याप्पमा दुई दिनसम्म सञ्चालन गरिएको तालिममा कक्षा ५ देखि १० सम्मका २१ जना विद्यार्थिहरु सहभागी थिए ।

तालिममा सहभागी सबै विद्यार्थीहरु स्कुलका काउन्सिल सदस्यहरु हुन ।तालिम भर बालबालिकालाई सामुहिक रुपमा काम कसरी गर्ने ? सफल हुन, सही नेतृत्व कसरी गर्ने? काम गर्दा आउने घुम्तीमोडहरुलाई कसरी पार गर्ने ? नेतृत्वले सही निर्देशन दिन नसक्दा आउने परिणाम, नेतृत्व हस्तान्तरण र नेतृत्वमा हुनुपर्ने धैर्यता, कोडिनेसन, काममा सहकार्य , काम गर्दा,पटकपटक असफल हुनसक्छ, तर फेरि कसरी उठेर आफ्नो उदेश्य पुरा गर्ने भन्ने जस्ता शिक्षा खेलको माध्यमबाट सिकाइएको थियो । तालिमको नेतृत्व स्कुलका प्रिन्सिपल चन्द्रायान श्रेष्ठले गरेका थिए ।