मेलम्चीका मजदुरले फिर्ता लिए आन्दोलन

मेलम्चीका मजदुरले फिर्ता लिए आन्दोलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमााडौं – आन्दोलनमा उत्रिएका मेलम्ची खानेपानी आयोजनाका मजदुरले विरोधका कार्यक्रम स्थगित गरेका छन् । रोकिएको तलब सुविधा पाउने सुनिश्चित भएपछि एक साता अघिदेखिको विरोधका कार्यक्रम स्थगित भएको हो । आन्दोलनका कारण सुन्दरीजल खण्डको सम्पूर्ण काम ठप्प भएको थियो । मेलम्चीको मुख्य ठेकेदार कम्पनी सीएमसीले करारमा लिएका मजदुर तलब सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।

प्रधानमन्त्री कार्यालयमा उनीहरुलाई तलब सुविधा दिने छलफल भएपछि कार्यक्रम स्थगित भई काम सुचारु भएको मेलम्ची खानेपानी विकास समितिका एक उच्च अधिकारीले जानकारी दिए । आयोजनाको मुख्य ठेकेदार कम्पनी सिएमसीले काम छोडे पनि सुरुङभित्र भेन्टिलेसन स्याफ्टको लागि छुट्टै ठेक्कामा काम भइरहेको थियो ।

मजदुरहरूले सिएमसीसँग काम गर्दा पाउनुपर्ने तलबको माग राखी आन्दोलन सुरु गरेका थिए । आन्दोलनकै कारण भेन्टिलेसन स्याफ्ट, सुन्दरीजल पानी प्रशोधन केन्द्र र पाइप बिछ्याउने काम समेत प्रभावित बनेको थियो । ‘अहिले कुरा मिल्यो । काममा अबरोध नगर्ने भनेको छ’, आयोजना स्रोतले भन्यो–‘प्रधानमन्त्री कार्यालय तहमै यस विषयमा छलफल भएर कुरा टुंगिएको हो ।’