पक्राउ परेका आफ्ना कार्यकर्ता रिहा नभए योजनाबद्ध प्रतिरोध गर्ने विप्लवको चेतावनी


काठमाडौं – प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले सरकार वार्ताको पक्षमा नदेखिएको आरोप लगाएका छन् ।  मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै विप्लवले सरकार देशलाई जबरजस्त युद्धमा धकेल्न खोजेको आरोप समेत लगाएका छन् ।

वार्ताको प्रचार गरेर सरकार आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार, हत्या र झूटा मुद्दा लगाएर धरपकडमा उत्रिएको भन्दै विप्लवले सरकार शान्ति, समृद्धि र विकासको पक्षमा नरहेको दाबी गरेका हुन् ।

‘एकातिर वार्ताको कुप्रचार गर्ने, अर्का्तिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झूठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जबरजस्त युद्धमा धकेली जनतामाथि शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढावा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ’, विप्लवको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ गरिएका आफ्ना नेता कार्यकर्तालाई रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् । उनले शनिबार राति गिरफ्तारीमा परेका माइला लामा र जेलमा रहेका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुर्दशन’ लगायत नेताहरुलाई विना शर्त रिहा गर्न माग पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement